१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

सहकारी क्षेत्रलाई प्रविधी मैत्री बनाउन आवयश्क : मन्त्री साह

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१७ भदौ । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारी क्षेत्रलाई प्रविधी मैत्री बनाउन आवयश्क रहेको बताएका छन् ।

सहकारी क्षेत्रलाई प्रबिधीमैत्री बनाउने उद्देश्यले मन्त्रालयले सुरु गरेको कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री साहले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरु प्रविधीपुर्ण र मैत्री हुनु आवयश्क रहेको बताए ।

उनले भने, ‘ जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरु जनताको हरेक उन्नती प्रगतीको विवरण (डाटा, हरहिसाव) सुरक्षित तरिकाले राखोस भन्नका लागि यो कार्यक्रम ल्याइएको हो ।’ गत वर्षकै योजनामा रहेको यो कार्यक्रमको सवै प्रक्रिया पुरा भइ कोरोना महामारीको कहरका कारण प्रभावित भएको थियो ।

मंगलवार समाजिक दुरी कायम गर्दै समुदघाटन स्वरुप ७ थान कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । भिडभाड नहोस भन्ने उद्देश्यले आज सो कार्यगरि आठवटै जिल्लावाट छनौट भएका एकसय सहकारीहरुलाई एक थान कम्प्युटर सेट र एक थान प्रिन्टर वितरण हुने मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम चालु आर्थिक वर्षमा समेत निरन्तर जारी रहने जनाइएको छ ।सो अवसरमा मन्त्रालय निर्वतमान सचिव डाक्टर विमल कुमार निर्मल, मन्त्रालयका कर्मचारीहरु, सहकारीका अगुवाहरु सहितको उपस्थिति थियो ।

कार्यक्रमका संयोजक सहकारी तथा गरिवि निवारण शाखा अधिकृत ओम नारायण झाका अनुसार प्रदेशको आठवटै जिल्लाहरु मध्ये धनुषा को २६, महोत्तरी १२, सिरहा १२, सप्तरी १२, बारा १०, पर्सा ६, रौतहट १० र सर्लाहीको १२ वटा गरि जम्मा एक सय सहकारीहरुलाई एक÷एक थान कम्प्युटर र प्रिन्टर वितरण गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]