२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

मल नपाउँदा किसान चिन्तित

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

न्यूजमधेश डेस्क
विराटनगर,१८ भदौ ।वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् ।

विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए ।

धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन् ।

आफूहरु बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ । बुढीगंगा गाउँपालिका–४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेकोमा हतास रुपमा बताउनुहुन्छ ।

यस्तै कर्सिया–३ का ब्रम्हदेव मण्डलले धानबालीलाई मल उपलब्ध नहुँदा बिग्री सकेको बताउँदै अब कसरी परिवारलाई वर्षदिन खुवाउने भनेर चिन्ता लाग्न थालेको गुनासो गर्नुभयो । बुढीगंगा गाउँपालिका कृषक गरुचरण यादवले चार दिन लगातार दिनभरी मल उपलब्ध हुन्छ भनेर आउने गरेको तर खाली हात जानु परिरहेको बताउँदै किसानलाई सहज हुने स्थानमा सरकारले मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

सरकारले आधुनिक कृषिमा जोड दिएको भन्ने तर कृषकलाई आवश्यक हुँदा सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु दुखित भएका छन् । खेतमा धानवाली लागिरहेको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष धानको उत्पादन घट्नेमा उनीहरु चिन्तित देखिन्छन् । सहकारीबाट मल लिनका विराटनगर, बुढीगंगा, धनपालथान, कटहरी लगातका गाउँपालिकाक्षेत्रबाट किसान विराटनगर–धरान सडकको शिवमन्दिर चोकको सहकारीको कार्यालय अगाडि ठूलो सङ्ख्याको रुपमा आउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]