२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मल नपाउँदा किसान चिन्तित

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

न्यूजमधेश डेस्क
विराटनगर,१८ भदौ ।वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् ।

विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए ।

धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन् ।

आफूहरु बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ । बुढीगंगा गाउँपालिका–४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेकोमा हतास रुपमा बताउनुहुन्छ ।

यस्तै कर्सिया–३ का ब्रम्हदेव मण्डलले धानबालीलाई मल उपलब्ध नहुँदा बिग्री सकेको बताउँदै अब कसरी परिवारलाई वर्षदिन खुवाउने भनेर चिन्ता लाग्न थालेको गुनासो गर्नुभयो । बुढीगंगा गाउँपालिका कृषक गरुचरण यादवले चार दिन लगातार दिनभरी मल उपलब्ध हुन्छ भनेर आउने गरेको तर खाली हात जानु परिरहेको बताउँदै किसानलाई सहज हुने स्थानमा सरकारले मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

सरकारले आधुनिक कृषिमा जोड दिएको भन्ने तर कृषकलाई आवश्यक हुँदा सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु दुखित भएका छन् । खेतमा धानवाली लागिरहेको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष धानको उत्पादन घट्नेमा उनीहरु चिन्तित देखिन्छन् । सहकारीबाट मल लिनका विराटनगर, बुढीगंगा, धनपालथान, कटहरी लगातका गाउँपालिकाक्षेत्रबाट किसान विराटनगर–धरान सडकको शिवमन्दिर चोकको सहकारीको कार्यालय अगाडि ठूलो सङ्ख्याको रुपमा आउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]