१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

धनुषाको एक विद्यालयमा धान खेती

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ भदौ । धनुषाको एक  विद्यालय परिसरमा धान खेती गरिएको छ । जिल्लाको कमला नगरपालिका वडा नं ५ लक्कडस्थित नथुनी गोइत निम्न माध्यमिक विद्यालयको परिसर भित्रै करिव ६ कठ्ठा जग्गामा धान खेती गरिएकोछ ।

स्थानिय अशेश्वर यादवले विद्यालयको जग्गामा धान अनाधिकृत रुपमा रोपेको देखिएको छ । विद्यालयको जग्गामा धान खेती बारे उनले विद्यालय व्यवस्थापन समितिको सहमतिमै धान रोपेको बताउँछन ।

यादवका अनुसार विद्यालयको कम्पाउण्डमै स्थानिय वालबालिकाहरु फोहोर गर्दै आएको छ । फोहोर हुन नदिनको लागि विद्यालय व्यवस्थापन समितिको सहमतीमै धान रोपेको वताए ।

यता विद्यालयको विद्यार्थी खेल्ने मैदानलाई धान खेतको रुपमा परिणत गर्दा पनि ध्यान किन नदिएको भनि वडाध्यक्ष शिवा पासवानसंग प्रश्न गर्दा उनले यस सम्वन्धमा बोल्न मानेनन ।

विद्यालयको जग्गा सार्वजनिक रहेको र यसलाई अनाधिकृतरुपमा कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न नपाइने भएपनि व्यवस्थापन समितिले किन प्रयोग गर्न दियो भन्ने समितिकै एक पदाधिकारी तिरपीत गोइत संग प्रश्न गर्दा विद्यालय अहिले वन्द अवस्थामा रहेकोलेधान खेती गर्नका लागि स्थानिय अशेश्वर यादवलाई प्रयोग गर्न दिइएको बताए ।

यता विद्यालयलाई धान खेतमा परिणत गरेको सम्वन्धमा विद्यालयका प्रअ नविन गोइतले प्रतिक्रिया जनाउन चाहेनन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]