०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

दश महिनादेखि बन्धक बनाइएका तिन चेलीको उद्धार

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

न्यूजमधेश सम्बादाता
परासी ,१९ भदौ । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।

नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो ।

चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले राससलाई जानकारी दिनुभयो । जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएका युवतीले बताएका छन् ।

उद्धार गरिएकामध्ये २२ वर्षीया महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । तर उनकी बहिनी अहिले बेपत्ता छिन । अर्की एक युवतीलाई पनि जागिर लगाईदिने प्रलोभन देखाएर बोलाएको तर एक महिनापछि भारतको विहारका तीन जना व्यक्तिलाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी युवतीले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताउनुभयो ।

चार वर्षीया बालिका भने २२ वर्षीया महिलाकी छोरी हुन् । विदेशमा रहेका आफ्नो दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तहरुले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएपछि खोजी कार्य शुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]