२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

आमरण अनशन बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि धरान लगियो

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भदौ । प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ ।

बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वमन्त्री पासवानलाई एम्बुलेन्समा हालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको हो ।

मन्त्री पासवान पछिल्लो एक सातादेखि इलाका प्रहरी कार्यालय गरुडा अगाडि आमरण अनसन बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो ।

उनी आमरण अनशन बस्दा गरुडामा दैनिकजसो प्रदर्शन हुँदै आएको थियो । बिहीबार मात्रै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आमरण अनशन बसेका पूर्व मन्त्रीको स्वास्थ्य अवस्था नाजुक भइसकेपछि अस्पताल पुर्‍याइएको बताए । पूर्वमन्त्री पासवानलाई ज्वरो पनि आएको र स्वास्थ्य अवस्था कमजोर बनिसकेको स्थानीय चिकित्सकले बताएपछि अक्सिजनसहितको एम्बुलेन्सको व्यवस्था गरी धरान पुर्‍याएको बताए ।

‘धरानमा लगेर उनको उपचार शुरु गरिएको छ’ डीआईजी सिंहले भने, ‘उनको स्वाब परीक्षण गर्ने तयारी पनि गरिएको छ ।’

पूर्वमन्त्रीका स्वकीय सचिव रोशन पासवानले प्रहरीले अपहरण शैलीमा मोवाइल फोन नियन्त्रणमा लिई बलजफ्ती धरान पुर्‍याएको बताए । उनले दलित आन्दोलन असफल बनाउन प्रहरीले यो रणनीति बनाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]