१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

न्यूजमधेश सम्बादाता
बेइजिङ, २० भदौ। चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी ाजधानी मस्कोमा भेटवार्ता भएको छ ।

चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा तनाव देखिएका समय दुई देशका रक्षा मन्त्रीले प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ । वार्तामा दुई पक्षले राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर वार्ता तथा परामर्शद्वारा समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।

भेतमा दुई देशका सन्धि तथा सम्झौताको पालना गर्दै अग्रक्षेत्रमा फौजको नियन्त्रणलाई सबल पारेर वर्तमान वास्तविक नियन्त्रण लाइन पार गरी नचिढाउने, परिस्थितिलाई चर्को पार्ने गतिविधि नचाल्ने र नकारात्मक सूचना प्रचार नगर्ने र नफैलाउने विषयमा छलफल भएको मन्त्री वैले बताउनुभयो ।

दुबै पक्षले दुई देश र क्षेत्रको शान्ति तथा स्थिरताका लागि साझा प्रयासमा वर्तमान घटनालाई कम गर्दै सिमानाको शान्ति तथा स्थिरताको पक्षमा कुरा राखेका बताइएको छ ।

वर्तमान अवस्थामा सिमानाको शान्ति तथा स्थिरता द्विपक्षीय सम्बन्धका लागि ज्यादै महत्वपूर्ण रहेको भारतीय रक्षामन्त्री सिंहले जोड दिनुभएको थियो । चीन र भारतले सैन्य तथा कूटनीतिलगायत वार्ता मञ्चको संचालनलाई कायम राखेर वार्ता तथा परामर्शद्वारा शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्नुपर्ने उहाँले बताउनुभएको चिनियाँ स्रोतले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]