२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

गोपाल युवा समिति स्थानीय तहमा पनि गठन गर्ने निर्णय

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

न्यूजमधेश डेस्क
जकपुरधाम,२१ भदौ । गोपाल युवा समितिले स्थानीय तहमा संगठन विस्तार गर्ने भएको छ । शनिबार बसेको समितिको बैठकले पहिलो चरणमा धनुषा र महोत्तरी जिल्लाका नगरपालिका र गाउँपालिकामा संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

संगठन विस्तारको लागि वातावरण तयार गर्न जिम्मेवारी समेत तोकिएको छ । समितिका अध्यक्ष बैजनाथ यादवको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ । महेश यादव, नविन यादव, कृष्ण कुमार यादव, कपिल यादव र कानून व्यवसायी दिपेन्द्र यादव विधान मस्यौदा समितिमा रहेका छन् ।

समितिका अध्यक्षसहित पदाधिकारीहरु समेत मस्यौदा समितिमा रह्ने सचिव ललित यादवले जनाए । यादवका अनुसार मस्यौदा समितिले गोपाल युवा समितिको लागि विधान तयार गरेर दर्ताको प्रक्रियालाई अगाडी बढाउन सहयोग गर्ने छन् । बैठकमा सहभागी युवाहरुले अन्यायमा परेका समुदायलाई न्यायको लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

समाजमा बढ्दो विकृती र गुण्डागर्दी विरुद्ध समितिले आवश्यक कदम अगाडी बढाउनेमा युवाहरुले जोड दिए । अन्यायमा परेका समुदाय, समाजिक सद्भाव खलबलाउने कार्य गर्ने उच्छश्रृंखल व्यक्ती विरुद्ध अभियान नै चलाउनुपरे पछि नहट्ने उपाध्यक्ष रमेश यादवले बताए ।

बैठकले १ सय १ सदस्यीय तदर्थ समितिलाई समेत विस्तार गरेको छ । शनिबार बसेको बैठकले २ सय जना सदस्य थप गरेर तदर्थ समितिलाई ३ सय १ पुर् याएको अध्यक्ष यादवले जनाए ।

सयौको संख्यामा सहभागी युवाहरुले यादव समुदायमाथि भइरहेको प्रहार विरुद्ध एकजुट भएर अघि बढुनुपर्नेमा जोड दिएका थिए । बैठकमा शेष नारायण यादव, जीतेन्द्र कुमार यादव, बजरंग यादव, रामकृष्ण यादव(सचिन), रामपुकार यादव, विक्रम यादव लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]