२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

गोपाल युवा समिति स्थानीय तहमा पनि गठन गर्ने निर्णय

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

न्यूजमधेश डेस्क
जकपुरधाम,२१ भदौ । गोपाल युवा समितिले स्थानीय तहमा संगठन विस्तार गर्ने भएको छ । शनिबार बसेको समितिको बैठकले पहिलो चरणमा धनुषा र महोत्तरी जिल्लाका नगरपालिका र गाउँपालिकामा संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

संगठन विस्तारको लागि वातावरण तयार गर्न जिम्मेवारी समेत तोकिएको छ । समितिका अध्यक्ष बैजनाथ यादवको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ । महेश यादव, नविन यादव, कृष्ण कुमार यादव, कपिल यादव र कानून व्यवसायी दिपेन्द्र यादव विधान मस्यौदा समितिमा रहेका छन् ।

समितिका अध्यक्षसहित पदाधिकारीहरु समेत मस्यौदा समितिमा रह्ने सचिव ललित यादवले जनाए । यादवका अनुसार मस्यौदा समितिले गोपाल युवा समितिको लागि विधान तयार गरेर दर्ताको प्रक्रियालाई अगाडी बढाउन सहयोग गर्ने छन् । बैठकमा सहभागी युवाहरुले अन्यायमा परेका समुदायलाई न्यायको लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

समाजमा बढ्दो विकृती र गुण्डागर्दी विरुद्ध समितिले आवश्यक कदम अगाडी बढाउनेमा युवाहरुले जोड दिए । अन्यायमा परेका समुदाय, समाजिक सद्भाव खलबलाउने कार्य गर्ने उच्छश्रृंखल व्यक्ती विरुद्ध अभियान नै चलाउनुपरे पछि नहट्ने उपाध्यक्ष रमेश यादवले बताए ।

बैठकले १ सय १ सदस्यीय तदर्थ समितिलाई समेत विस्तार गरेको छ । शनिबार बसेको बैठकले २ सय जना सदस्य थप गरेर तदर्थ समितिलाई ३ सय १ पुर् याएको अध्यक्ष यादवले जनाए ।

सयौको संख्यामा सहभागी युवाहरुले यादव समुदायमाथि भइरहेको प्रहार विरुद्ध एकजुट भएर अघि बढुनुपर्नेमा जोड दिएका थिए । बैठकमा शेष नारायण यादव, जीतेन्द्र कुमार यादव, बजरंग यादव, रामकृष्ण यादव(सचिन), रामपुकार यादव, विक्रम यादव लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]