३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

हत्या, बलात्कार र उत्पीडनको बिरोधमा दलित सभा सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ भदौ । लकडाउन अबधिमा हत्या, बलात्कार र उत्पीडनको बिरोधमा शनिबार दलित सभा सम्पन्न भएको छ ।

प्रदेश २ भित्र प्रहरी हिर ासतमा ज्यान गुमाएका शम्भु सदा, खानाको अभावमा ज्यान गुमाएका मल्लर सदा ,राजु सदा तथा बिजय राम र निरन्जन रामको परिवारजनको लागि न्याय माग्दै धनुषाको सबैलामा उक्त सभा सम्पन्न भएको हो ।

कार्यक्रममा दलित महिला अधिकारकर्मी हिरा देवी दासले ज्यान गुमाएका सम्पुर्ण दलितहरुलाई सहिद घोषणा, दोषीलाई सजाय र पीडितले न्याय पाउनुपर्ने माग गरेकी थिइन ।

बर्तमान समयमा पनि दलित आफ्नो अधिकारबाट बन्चित भैरहेको, हेपिएको, सामाजिक रुपमा आफ्नो हक अधिकार पाउने माहौल नरहेको भन्दै दलित जनबिद्रोहको आवश्यकता मानवअधिकारकर्मी बिनोद महराले औंल्याए ।

राज्यसत्ता दलित हकअधिकार दिनबाट आनाकानी गरिरहेको अटेरी गरिरहेको तथा दलित घटनाप्रति राज्य असंबेधनशिल रहेको उनले आरोप लगाए ।

सदियौदेखि दलितको मतबाट बिजयपत्र हासिल गरिरहेको जनप्रतिनिधिहरुले जितेपछी दलितलाई नै अपहेलित र अटेरी गरिरहेको तथा दलितले आफ्नो हकहित सहित स्वतन्त्र रुपमा यदि बाँच्ने हो भने सम्पुर्ण दलित एकढिक्का भइ अग्रसर हुनुपर्ने दलित अगुवा सत्रुधन महराले जनाए ।

कार्यक्रममा जिल्लास्तरीय,केन्द्रिय ,नगरस्तरिय जनप्रतिनिधि तथा दलितसंग सरोकार राख्ने आम नागरिक लगायत नगरभरिकै दलितहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]