०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

हत्या, बलात्कार र उत्पीडनको बिरोधमा दलित सभा सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ भदौ । लकडाउन अबधिमा हत्या, बलात्कार र उत्पीडनको बिरोधमा शनिबार दलित सभा सम्पन्न भएको छ ।

प्रदेश २ भित्र प्रहरी हिर ासतमा ज्यान गुमाएका शम्भु सदा, खानाको अभावमा ज्यान गुमाएका मल्लर सदा ,राजु सदा तथा बिजय राम र निरन्जन रामको परिवारजनको लागि न्याय माग्दै धनुषाको सबैलामा उक्त सभा सम्पन्न भएको हो ।

कार्यक्रममा दलित महिला अधिकारकर्मी हिरा देवी दासले ज्यान गुमाएका सम्पुर्ण दलितहरुलाई सहिद घोषणा, दोषीलाई सजाय र पीडितले न्याय पाउनुपर्ने माग गरेकी थिइन ।

बर्तमान समयमा पनि दलित आफ्नो अधिकारबाट बन्चित भैरहेको, हेपिएको, सामाजिक रुपमा आफ्नो हक अधिकार पाउने माहौल नरहेको भन्दै दलित जनबिद्रोहको आवश्यकता मानवअधिकारकर्मी बिनोद महराले औंल्याए ।

राज्यसत्ता दलित हकअधिकार दिनबाट आनाकानी गरिरहेको अटेरी गरिरहेको तथा दलित घटनाप्रति राज्य असंबेधनशिल रहेको उनले आरोप लगाए ।

सदियौदेखि दलितको मतबाट बिजयपत्र हासिल गरिरहेको जनप्रतिनिधिहरुले जितेपछी दलितलाई नै अपहेलित र अटेरी गरिरहेको तथा दलितले आफ्नो हकहित सहित स्वतन्त्र रुपमा यदि बाँच्ने हो भने सम्पुर्ण दलित एकढिक्का भइ अग्रसर हुनुपर्ने दलित अगुवा सत्रुधन महराले जनाए ।

कार्यक्रममा जिल्लास्तरीय,केन्द्रिय ,नगरस्तरिय जनप्रतिनिधि तथा दलितसंग सरोकार राख्ने आम नागरिक लगायत नगरभरिकै दलितहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]