२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

निषेधाज्ञाका समयमा पनि रोकिएन नदी दोहन

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,२१ भदौ ।जिल्लामा निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ । खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्बाधरूपमा नदी दोहन भइरहेको बताइएको छ ।

असार, साउन र भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि ‘के गर्ने के नगर्ने’ भन्दै प्रहरी र स्थानीय निकायको तालमेलबीच नदीजन्य पदार्थ दोहन भइरहेको जनाइएको छ ।

दिउँसो थोरै मात्रामा मालवाहक सवारी साधनले नदी दोहन गरे पनि रातका समयमा सयौँका सङ्ख्यामा नदीमा पस्ने र नदीजन्य पदार्थ निकासी गर्ने गरेका छन् । जिल्लाका चापिनी, लखनदेही, कालीन्जोर, फुजोर तथा बाँकेखोलामा यसरी नदीजन्य पदार्थ निकासी पैठारी भइरहँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् ।

आफूहरुले आफ्नो घर बनाउन एक÷दुई खेप बालुवा निकाल्ने गरेको भए पनि प्रहरीले अनेकौँ बहाना बनाएर दुःख दिने गरेको स्थानीयवासीले बताएका छन् । व्यवसायीले व्यावसायिकरूपमा नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरुको गुनासो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]