१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

एनआरएमएले गरे क़तारमा फसेका धनुषाका २ जना मधेशीहरुको उद्धार

Logo
प्रकाशित सोमबार, भाद्र २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२२ भदौ।गैर आवासीय मधेशी संघ (NRMA) क़तारका अध्यक्ष शम्भु नाथ साह र टीमका साथीहरूको सहयोगमा क़तारमा समस्यामा रहेका मधेशी साथीहरुको सहयोग र उद्धारका लागी पहल गरि राखेका छन्। यसै क्रममा वहाँहरु नेपाली राजदूताबास लगायत अन्य स्थानीय सरकारी तथा गैर-सरकारी निकाय संग निरन्तर फ़ॉलो अप गरी राखेका छन्।

क़तारमा रहेका लाखौ मधेशीहरुको सहयोगका लागी NRMA ले कोरोना वॉरीअर उप-समिति मार्फ़त जन-जागरण अभियान संचालन गरेका छन्।

कोरोना महामारीका कारण रोज़गार गुमाएका र समस्यामा परेका मधेशी साथीहरुलाई खाने, बस्ने ब्यवस्था गर्नुका साथै उद्धार गरी नेपाल पठाउने काममा समेत NRMA ले सहयोग गर्दै आएको छ।

यसै क्रममा शहिदनगर नगरपालिकाका सरोज यादव (धनुषा) र कमला नगरपालिकाका नबिन महरा (धनुषा) का बारेमा सामाजिक संजाल मार्फ़त NRMA लाई जानकारी प्राप्त भयों। उनीहरु कम्पनी बन्द भएका कारण ५ महीनादेखी बिचल्लीमा परेका थिए। उनी दुबै जनालाई खाने र बस्ने समस्या समेत भयों। कुनै ठाऊबाट सहयोग प्राप्त भएन्।

NRMA लाई सूचना प्राप्त भए पछि टीमका साथीहरु तुरन्त वहाँहरुलाई भेटी खान र बस्न ब्यवस्था मिलाए। निरन्तरको फ़ॉलो अप पछि वहाँहरुको नेपाल जाने फ़्लाइट टिकट भयों। र आज नेपाल सकुशल फ़िर्ता भई सक्नु भएको छ।

यसै गरी गैर आवासीय मधेशी संघ (NRMA) ले बिश्वको सबै देशहरुमा मधेशीहरुलाई सहयोग गर्दै आई रहेको छ। “परदेश में मधेशीयों का साथी” का नारासाथ संचालित यो संगठन विश्वको ४४ भन्दा बढ़ी देशमा कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]