२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

ब्राउन सुगरसहित सीमा क्षेत्रबाट २ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश सम्बादाता
कञ्चनपुर, २३ भदौ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए ।

उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो ।

नियन्त्रणमा लिइएका दुवैलाई बिओपी भुडामा ल्याइएको छ । बरामद ब्राउन सुगर र नियन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]