२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

गैर आवासीय मधेशी संघको आज १० औं स्थापनाको दिवस

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३भदौ । बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) ले आज आफ्नो १० औं  स्थापना दिवस मनाइरहेको छ  ।

आज भन्दा १० वर्ष अगाडि ८ सेप्टेम्बर २०१० मा गैर  आवासीय मधेशी संघको स्थापना भएको हो।संघका संस्थापक अध्यक्ष डा सीके राउत रहेका थिए। संस्थापक उपाध्यक्षका रुपमा ई. बसन्त कुशवाहाले  २ कार्यकालदेखि अध्यक्ष रहेका छन्।

स्थापनाको १० वर्षमा गैर आवासीय मधेसी संघले अहिले विश्वका  ४५ ओटा देशमा आफ्नो  फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। मलेसिया र मध्यपूर्वका देशहरुमा संघका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ। यी देशहरुमा एरिया र कैम्प सम्म समितिहरु बिस्तार गरेका छन्।

एनआरएमएले अन्तर्राष्ट्रीय मंचहरुमा रंगभेद विरूद्ध आवाज़ उठाउदै आईं रहेको छ। मधेश र मधेशीको हकहितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ।

मधेशी बाहुल्य देशहरुमा मधेशका पर्व त्योहार हरु मनाउदै प्रवासमा पनि आफ्नो सभ्यता र सांस्कृतिको संरक्षण गर्दै आई रहेको छ। त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृतिक प्रकोप जस्तै बाढ़, भूकम्पका बेला प्रवासबाट सहयोग, राहत तथा निशुल्क उपचार सेवाहरु प्रदान गरेका छन्।

मधेशको विकासका लागी यस संगठनले खोज र अनुसंधान समेत गर्दै आई रहेको छ। त्यस अन्तर्गत आधुनिक कृषि, औद्योगिकरण, पर्यटन, बैंकिंग, फ्री जोन एफ़डीआई, सौर्य ऊर्जा, वातावरण संरक्षण इत्यादिका क्षेत्रमा उपलब्धि हासिल गरेका छन्, जुन आउने दिनमा मधेशमा लागू गर्ने छ।

त्यस्तै एनआरएमएले प्रवासमा रहेको सबै मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ। आर्थिक सहयोगदेखि रोज़गार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ।यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

खास गरी कोरोना महामारीको समयमा एनआरएमएले हरेक देशमा छुटै उप-समिति मार्फ़त सहयोग र समन्वय जारी राखेको छ। कोरोनाका कारण बिदेशमा थुप्रै कम्पनीहरु बन्द भएका छन्। जसका कारण हज़ारौको संख्यामा मधेशीहरु समस्यामा परेका छन्।यिनीहरुलाई संगठनले राय, सल्लाह र उद्धारमा सक्रिय भूमिका निर्वाह गरेको छ।

बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ। संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ़दै गरेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]