१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

रौतहट पुजारी हत्याकाण्ड : लेनदेनको विवाद नरहेको परिवारजनको दाबी

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ भदौ। प्रदेश २ का रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा लेनदेनको विवाद नरहेको पुजारीका परिवारले दाबी गरेका छन्। कसैसँग लेनदेनको विवाद नरहेकोले घटनाको निष्पक्ष छानबिन गर्न उनीहरूले प्रहरीसँग माग गरेका छन्।

३ भदौ राति खाना खाइरहेका पुजारीको कञ्चटमा गोली हानेर हत्या गरिएको थियो। गोली लागेर घटनास्थलमै मृत्यु भएका पुजारीको हत्याको आरोपमा प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

अदालतबाट म्याद थप गरेर अनुसन्धानको क्रममा रहेका दुवै अभियुक्तले पुजारीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको दाबी छ। अभियुक्तहरूले लेनदेनको विवाद रहेकोले हत्या गरेको बयान दिएको प्रदेश-२ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले बताए।

डीआईजी सिंहले पुजारीका भाइ लालबहादुर साहले अभियुक्त रामनरेश पटेलका बुवासित पुजारीले तीन लाख रूपैयाँ लिनुपर्ने विवाद रहेको भनी प्रहरीलाई लिखित जाहेरी दिएको बताएका छन्। तर, पुजारीका भाइ लालबहादुरले भने लेनदेनको विवाद आफूलाई थाहा नभएको बताएका छन्।

प्रहरीको अनुसन्धानमा रहेका रामनरेश पटेलका बुवा तुलसी राउत र अर्का आरोपी बालकुमार पटेलका बुवा जवाहिर राउतले पनि पुजारीसित छोराहरूको लेनदेनको कुनै विवाद नरहेको बताएका छन्।

पुजारीको हत्या गरिएको ठाउँमा मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह तथा माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारीले संयुक्तरूपमा मन्दिरको शिलान्यास गरेका छन्।

सोही ठाउँ नजिकै प्रहरी चौकी बनाउनका लागि प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संयुक्तरूपमा शिलान्यास गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]