०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

रौतहट पुजारी हत्याकाण्ड : लेनदेनको विवाद नरहेको परिवारजनको दाबी

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ भदौ। प्रदेश २ का रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा लेनदेनको विवाद नरहेको पुजारीका परिवारले दाबी गरेका छन्। कसैसँग लेनदेनको विवाद नरहेकोले घटनाको निष्पक्ष छानबिन गर्न उनीहरूले प्रहरीसँग माग गरेका छन्।

३ भदौ राति खाना खाइरहेका पुजारीको कञ्चटमा गोली हानेर हत्या गरिएको थियो। गोली लागेर घटनास्थलमै मृत्यु भएका पुजारीको हत्याको आरोपमा प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

अदालतबाट म्याद थप गरेर अनुसन्धानको क्रममा रहेका दुवै अभियुक्तले पुजारीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको दाबी छ। अभियुक्तहरूले लेनदेनको विवाद रहेकोले हत्या गरेको बयान दिएको प्रदेश-२ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले बताए।

डीआईजी सिंहले पुजारीका भाइ लालबहादुर साहले अभियुक्त रामनरेश पटेलका बुवासित पुजारीले तीन लाख रूपैयाँ लिनुपर्ने विवाद रहेको भनी प्रहरीलाई लिखित जाहेरी दिएको बताएका छन्। तर, पुजारीका भाइ लालबहादुरले भने लेनदेनको विवाद आफूलाई थाहा नभएको बताएका छन्।

प्रहरीको अनुसन्धानमा रहेका रामनरेश पटेलका बुवा तुलसी राउत र अर्का आरोपी बालकुमार पटेलका बुवा जवाहिर राउतले पनि पुजारीसित छोराहरूको लेनदेनको कुनै विवाद नरहेको बताएका छन्।

पुजारीको हत्या गरिएको ठाउँमा मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह तथा माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारीले संयुक्तरूपमा मन्दिरको शिलान्यास गरेका छन्।

सोही ठाउँ नजिकै प्रहरी चौकी बनाउनका लागि प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संयुक्तरूपमा शिलान्यास गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]