३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
सप्तरी,२३ भदौ । भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका छन् ।

भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आइसियु कक्षमा प्रयोग हुने ती महँगो उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य सेवा प्रवाहमा समेत असर पु¥याएको छ ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको पहलमा अस्पतालमा चार थान भेन्टिलेटर उपलब्ध भएको थियो । ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामी अन्य अस्पतालमा रिफर भएर उपचार लिन बाध्य छन् ।

सप्तरीमा समुदायस्तरमा नै कोरोना सङ्क्रमित भेटिएको छ । कतिपय सङ्क्रमितको उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दा त्यसको अभावमा उनीहरुलाई विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर रञ्जीत झाले बताउनुभयो ।

जटिल समस्यामा पुगेका बिरामीलाई भेन्टिलेटर र आइसियु अति आवश्यक रहे पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको उल्लेख गर्दै उहाँले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको बताउनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म आठ जनाको ज्यान गइसकेको छ । भेन्टिलेटर र आइसियु नभएका कारण कोरोना सङ्क्रमितलाई अन्यत्र उपचारको लागि लगिने क्रममा ढिलाइ भएका कारण पनि ज्यान जाने गरेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाइरहेको छ ।

करिब १७८ श्यया भएको साइकृष्णा मेडिकल कलेजमा सञ्चालित आइसोलेसन कक्षमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदासमेत कोरोना सङ्क्रमित तथा अन्य जटिल प्रकृतिका रोगीको उपचार हुन नसकिएर अकालमै ज्यानसमेत जाने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

सङ्क्रमणसँगै अस्पतालमा बिरामीले अकालमै ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै जाँदा बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी भेन्टिलेटर र आइसियु सेवा सञ्चालन गर्न स्थानीयवासीको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]