२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

रौतहटका स्थानीय तह प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

न्यूजमधेश डेस्क
गौर ,२४ भदौ । प्रदेश २ का रौतहट जिल्लामा अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन्। प्रशासनभन्दा बाहिरका तथा कनिष्ठ कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्।

पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि यस्तो समस्या देखिएको हो। रौतहटको गरुडा नगरपालिकामा इञ्जिनियर मोहम्मद मुस्ताक आलम, बृन्दावन नगरपालिकामा इञ्जिनियर नागेन्द्र यादव, राजदेवी नगरपालिकामा इञ्जिनियर सञ्जय पाण्डे निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्।

यसैगरी, कटहरिया नगरपालिकामा लेखा अधिकृत रामप्रकाश साह, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देरश्वर चौधरी, फतुवाविजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्तालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ।

बौद्धिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, राजपुर नगरपालिकामा स्थानीय तहका बैजु ठाकुर, देवाहीगोनाही नगरपालिका राजदेव राम तथा दुर्गाभगवती गाउँपालिका जगतकुमार साह निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्।

दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा मौलापुर, गौर, ईशनाथ र माधवनारायण नगरपालिका गरी चार पालिकामा मात्र प्रशासनतर्फका अधिकृत कार्यालय प्रमुख छन्।

जिल्लामा विभिन्न पालिकाको कार्यालय प्रमुखमा स्वास्थ्य, इञ्जिनियरिङ तथा स्थानीय तहको अन्य क्षेत्रका कर्मचारीले जिम्मेवारी पाउँदा सम्बन्धित क्षेत्रको कार्यसम्पादन कमजोर हुँदै गएको भनी आलोचना हुन थालेको छ।

यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपुरमा स्वास्थ्यतर्फका जनस्वास्थ्य अधिकृत रवीन्द्रकुमार झा र गरुडामा शाखा अधिकृत सिकिन्द्र साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको छ। मन्त्रालयले पठाएको कार्यालय प्रमुखलाई कतिपय पालिकाले हाजिरी नगराई फिर्ता पठाउने गरेका छन्।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्नेमा रौतहटका केही नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नायब सुब्बाले जिम्मेवारी पाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]