२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बलात्कार घटनाको आरोपित बचाउन राजनीतिक चलखेल

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ भदौ ।बलात्कार जस्तो अपराधका घटनामा पनि आरोपितलाई बचाउन राजनीनिक चेलखेल हुनु नै आफैमा घिनौना हरकत हुन । यसले पनि स्पष्ट हुन्छ हाम्रो समाजको दिशा निर्देश कता निर जादैछ । त्यसमा पनि पुन एक दलित बालिकालाई बलात्कार भएको घटना हुन ।

गत भाद्र १५ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा एक १४ वर्षीय दलित बालिकाको बलात्कारको मुद्दामा स्थानीय विभिन्न राजनैतिक दलको नेताहरु पिडितको विपक्षमा देखिएको पीडित पक्षको आरोप छ । स्थानीय नेता तथा प्रहरीले पिडित बालिका तथा उनको आमालाइ जबरदस्ती धम्क्याउने बयान दिन लगाउने आरोप पिडितको आमाले लगाएका छन् । पिडित बालिकाको जनकपुर अंचल अस्पतालमा स्वास्थ्य परिक्षण् गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थकुमार कार्कीले बताए ।

उक्त बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेका हुन । तर एक जनालाई सोधपुछ गरि रिहा गरिसकेको छ । पिडितले दिन खोजेको किटानी जाहेरि पनि दर्ता गर्न आनाकानी गर्दै आइरहेको पीडित पक्षले बताएका छन । पिडितलाइ बयानको लागि भनेर प्रहरी कार्यालयमा लगि जाहेरी तथा बयान बदल्न दवाव दिइ रहेको भनि पिडितको आमाको भनाई छ ।

चारनाथ नदि किनारा बाख्रा चराउंदै गर्दा सोहि ठाउँमा बस्ने लक्ष्मेश्वर मंडलले के गरेको, तिमि एक्लै हो आदि इत्यादि भनेर सोधखोज गरेको एक छिनमै पछाडीबाट आएका दुइ जना मास्क लागाएको युवाहरुले आखाँ र मुख बाँधी बलात्कार गरेको थियो ।

घटनमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय ढल्केवरले लक्ष्मेश्वर कुमार मंडल, संतोष कुमार यादव र शिवशंकर कुमार शाहलाई पक्राउ गरि हिरासतमा राखेको छ । दलित बालिकामाथि बलात्कार जस्तो गम्भीर अपराध भएकोले मुर्दा गरि अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक कार्कीले बताए । पिडित परिवारले नै हालसम्म किटानी जाहेरी दिएको छ्रैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]