०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

‘कोही भोकै बस्नु पर्दैन’ अभियान थाल्नीका साथ पत्रकार साहले मनाए जन्मदिन

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,२६ भदौ । लकडाउनका कारण आफ्नो क्षेत्रका श्रमिक तथा विपन्नहरुका लागि आगामी दुई महिना कठिन हुने देखे पछि चर्चित युवा पत्रकार बिपी साहले ‘कोही भोकै बस्नु पर्दैन’ अभियान चलाएका छन् । आगामी दुई महिनासम्म धनुषाको विभिन्न क्षेत्रका कसैलाई पनि अभावले भोकै बस्न नदिने प्रण लिदै साहले उक्त अभियान थालेका हुन ।

भदौ २४ मा आफ्नो जन्मदिनको अवसरमा पत्रकार साहले जो कोही पनि भोकले ज्यान नगुमाओस भन्दै अभियानको शुरूवात गरेको उनको निकटतम स्रोतले बताए । विभिन्न काल  खण्डमा पत्रकार साह आफ्नो समाजसेवी क्रियाकलापले चर्चामा रहने गरेको छ । मास मिडियामा स्नातकोत्तर गरेको पत्रकार साह, कानुन तर्फ एलएलबी पनि गरेका छन ।

साहले आफ्नो अभियानमा कसैले साथ दिन चाहे उनलाई स्वागत रहेको समाजिक संजाल मार्फत सार्वजनिक गरेका छन भने उता अभियानको जानकारी गराउदै गाउँघर घुम्दै सहयोग गर्ने स्वास्थ्यकर्मी प्रदिप महतो, व्यापारी संतोष यादव, शेखर लगायतका सहयोगीहरुलाइ धन्यवाद दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]