२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

हिसाबकिताब सर्वाजनिक गर्न संयुक्त संघर्ष समितिको माग

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम,२६ भदौ । संयुक्त संघर्ष समिति सघाराले धनुषाको कमला नगरपालिका वडा नम्बर ४ को हिसाबकिताब सर्वाजनिक गर्न माग गरेको छ ।

विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै संघर्ष समितिले हरहिसाब पारदर्शी गर्न माग गर्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएको छ।

शुक्रबार समितिका संयोजक राम पदार्थ सल्हैताको नेतृत्वमा वडा कार्यालयमा सुचनाको हक प्रयोग गरेर निवेदन दर्ता गराएको छ ।

सो निवेदनमा गत आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा विकास निर्माण कार्यको लागि कति रकम निकासा भएको कुन कुन योजनामा कति कति बजेट छुट्याइएको खर्ज विवरणसहित प्रतिवेदन तयार गरि जनतामा सर्वाजनिक गर्न माग गरेको स्थानीय युवा नेता पप्पु गोहिबारले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद […]

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]