२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

हत्या आरोपितद्वारा आत्मसमर्पण

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,७ असोज । ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताउनुभयो ।

हत्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय आएका आरोपितलाई इन्सेक प्रतिनिधि पोखरेलले प्रहरी कार्यालयमा उपस्थित भएर मुद्दा लड्न दिएको सल्लाहबमोजिम हाजिर भएको रविका छोरा सरोजकुमारले बताउनुभयो ।

बल्थीका ८० वर्षीय सुविलाल यादवको हत्या आरोपमा रविविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत जेठ ११ गते उजूरी दर्ता भएको थियो । घरपरिवारका सदस्यबीच वैशाख २३ गते भइरहेको सामान्य विवादमा गाईवस्तु चराइरहेका आरोपितले आएर कुटपिट गर्दा सुविलाल घाइते भएको र सोही चोटका कारण मृत्यु भएको जनाउँदै मृतकका छोरा जागेश्वरले प्रहरीमा उजूरी दर्ता गराएका थिए ।

अभियुक्त रविलाई प्रहरीले बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]