२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

सातवटै प्रदेशमा प्रशिक्षण केन्द्र

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ, १३ असोज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

मन्त्रालयका सहसचिव डा. गोपीकृष्ण खनालले क्षेत्रीय प्रशिक्षण केन्द्रका भवन लगायत अन्य संरचना र जिन्सी सामाग्री सम्वन्धित प्रदेशलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नंं १ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र झापा, प्रदेश नंं २ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र जनकपुर, वागमती प्रदेशलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र ललितपुर, गण्डकी प्रदेशलाई नगरविकास प्रशिक्षण केन्द्र वगर पोखरा, प्रदेश नं. ५ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र नेपालगञ्ज, कर्णाली प्रदेशलाई महिला विकास प्रशिक्षण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रदेशलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र हस्तान्तरण गरिएको छ ।

गत फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीय प्रशिक्षण केन्द्रलाई सम्बन्धित प्रदेश र प्रदेश भित्रका स्थानीय तहको क्षमता विकासमा उपयोग गर्ने गरी सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

उहाँले हस्तान्तरित गरिएका केन्द्रबाट नै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम मार्फत प्रदेश तथा स्थानीय तहका जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

यसैगरी हस्तान्तरित कार्यालयबाट नै प्रदेश तथा प्रदेशभित्रका स्थानीय तहको सेवा प्रवाह तथा विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने गरी नियमित प्रशिक्षण तथा अनुसन्धानका काम सञ्चालन गरिने छ ।

सरकारले तत्कालिन स्थानीय निकायको प्रशासकीय तथा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले २०५० सालमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थापना गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]