२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ असोज । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ ।

लकडाउनका कारण महोत्तरी जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाख २२ हजार ३९३ राजस्व असुली गरेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको पशु चौपाया, मटर र भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको चिनी, तेल, लत्ताकपडा, विभिन्न किराना सामान तथा सो सरसामान ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकलसहित रु २२ लाख २२ हजार ३९३ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

यसैगरी नेपालबाट भारत र भारतबाट नेपाल चोरी तस्करी गर्नमा संलग्न रहेको आरोपमा १० व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]