०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ असोज । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ ।

लकडाउनका कारण महोत्तरी जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाख २२ हजार ३९३ राजस्व असुली गरेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको पशु चौपाया, मटर र भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको चिनी, तेल, लत्ताकपडा, विभिन्न किराना सामान तथा सो सरसामान ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकलसहित रु २२ लाख २२ हजार ३९३ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

यसैगरी नेपालबाट भारत र भारतबाट नेपाल चोरी तस्करी गर्नमा संलग्न रहेको आरोपमा १० व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]