३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्धः मन्त्री सोनल

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ असोज। प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाढीबाट वर्षेनी ठूलो धनजनको क्षति पु¥याउँदै आएको बलान नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले कटान गरेको स्थलहरुको आज स्थलगत अध्ययन तथा निरीक्षणपछि आयोजित समारोहमा उहाँले बलान नदीबाट हुने कटान र डुबानको समस्या समाधानका प्रदेश सरकार स्रोतसाधनले भ्याएसम्म प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“प्रदेश सरकारले सक्ने जति तत्काल बजेट उपलब्ध गराएर नदी नियन्त्रण गर्छ” उहाँले भन्नुभयो, “प्रदेश सरकारले नसक्ने भए सङ्घीय सरकार र अन्य निकायलाई गुहारेर भएपनि नदी नियन्त्रण गरेरै छाड्छौं ।” बाढीबाट हुने कटान र डुवानबाट अब कुनै पनि बस्तीलाई जोखिममा पर्न नदिने उहाँको भनाइ छ ।

अध्ययन तथा निरीक्षण टोलीमा प्रतिनिधिसभा सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव र प्रदेशसभा सदस्य अभिषेक यादवलगायत हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]