२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ असोज । सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ५ मा ट्रयाक्टरले ठक्कर दिँदा आज साँझ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बोदे बसाईन नगरपालिका–७ हैठीका २३ वर्षीय सुजितकुमार यादव रहेको प्रहरी कार्यालय बोदे बसाईनले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स१त ४६९३ नम्बरको ट्रयाक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बसाईनका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका धर्मेन्द्रकुमार यादव गम्भीर घाइते भएको र उहाँलाई उपचारका लागि बिराटनगरतर्फ पठाएको छ । घटनापछि चालक ट्रयाक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]