२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

कुखुरा फार्मको दुर्गन्धले दर्जनौं बस्तीमा समस्या

Logo
प्रकाशित बिहिबार, आश्विन २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ असोज । शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ ।

सो गाउँपालिकाको वडा नं २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, देउखुरी, धर्मपुर, वैधनाथपुर, धर्मबस्ती, बङ्कुल, रामभोटीभाठा गाउँ, खरघट्टी, सुवाटोल, बेलवा, लंकुल, पल्लोटाँगी, बहुरीया, मलाइडाँडालगायतका बस्तीमा दुर्गन्ध फैलनाका साथै स्थानीयवासीको स्वास्थ्यमा समेत असर पर्न थालेको उक्त गाउँपालिकाका उपाध्यक्ष ममता महतोले राससलाई बताउनुभयो ।

सो फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनाका साथै बालबालिका बिरामी पर्नेलगायतका समस्या देखिएको गुनासो गर्दै स्थानीयवासी लक्ष्मी लामाले भन्नुभयो, “सो फार्मले मरेको कुखुरा खुला ठाउँमा फ्याँक्दा स्यालले खाइ बौलाउने गरेकाले अर्को समस्या थपिएको छ ।” दुई वर्षअघि स्थानीय शिवजीप्रसाद कलवारले स्थापना गर्नुभएको सो फार्मबाट निस्कने दुर्गन्ध र फोहरलाई रोक्न र मरेको कुखुरालाई उचित व्यवस्थापन गर्न पटकपटक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदासमेत फार्मले समस्या समाधानमा ध्यान नदिएकाले पीडित स्थानीयवासीले गाउँपालिकामै समस्या समाधानका लागि उजुरी दिएका छन् ।

जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न गाउँपालिका सचेत रहेको न्यायिक समितिका संयोजकसमेत रहनुभएका उपाध्यक्ष महतोले भन्नुभयो, “उक्त समस्या समाधान गर्न फार्मको व्यवस्थापन पक्ष र स्थानीयवासीलाई असोज २९ गते छलफलका लागि डाकिएको छ ।” कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नाका साथै स्यालको आतङ्कसमेत फैलिएको स्थानीय जयकुमार मिश्रले गुनासो गर्नुभयोे । दाल र दानाको उद्योग खोल्ने अनुमति लिएर लगानीकर्ताले कुखुरा फार्म खोलेको स्थानीयवासीले आरोप लगाए पनि कम्पनी काठमाडौँस्थित कम्पनी रजिष्टारको कार्यालय तथा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा कुखुरापालन व्यवसाय गर्ने भनेर नै सो फार्म दर्ता भएको सो कार्यालयका प्रमुख रिमा साहले बताउनुभयो ।

सदरमुकाम वीरगञ्जबाट करिब ३० किलोमिटर पश्चिमतर्फ रहेको सो फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले स्थानीयवासीको स्वास्थ्यमा असर गर्नाका साथै, फलफूल नष्ट हुने, धानबालीमा विभिन्न रोगका किरा लाग्ने, प्रदूषण बढ्नेजस्ता समस्या बढ्दै गएकाले छिट्टै समस्या समाधान नभए आन्दोलनमा समेत उत्रिने स्थानीयवासीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]