२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २३ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्थे । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए ।

मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]