२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ कार्तिक । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ ।

महिला पुनःस्थापना केन्द्र ओरेकको अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।

उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा २२ प्रतिशत बलात्कारको घटना छ ।

यसैगरी ८२५ वटा ४९ प्रतिशत घरेलु हिंसाको घटना भएको छ भने १६ वटा १० प्रतिशत सामाजिक हिंसाको घटना, ७१ वटा ४ प्रतिशत हत्याको घटना, ५१ वटा ३ प्रतिशत बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् ।

साथै १८ वटा १ प्रतिशत मानव बेचविखन, ७६ वटा ५ प्रतिशत यौन दुव्र्यवहार, ६१ वटा ४ प्रतिशत आत्महत्याका घटना र ३१ वटा अन्य २ प्रतिशत घटना भएको ओरेकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]