२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

दुर्गाका प्रतिमामा आज आँखा उघार्ने विघि सम्पन्न

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,७ कार्तिक ।मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ ।

मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गा पूजा गरिने परम्परा रहेका कारण सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको स्थापना गरिने चलन रहेको छ । मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन ।

आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रूखको एउटै हाँगाको फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ ।

सो क्रममा विधिका लागि तय गरिएको बेलको रूखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद भजन गाउँदै पुग्ने परम्परा रहेको छ ।सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ ।

शिवपार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।

पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ , जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]