२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला शुरु

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

न्यूजमधेश सम्बादाता
जलेश्वर, ७ कार्तिक । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ ।

बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको हो । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताउनुभयो ।

मेलामा हजारौं पीडित ९कारनी० र दर्शनार्थीको भीड लाग्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ ।

वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको भनाइ छ ।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् । “सोनामाई शक्तिपीठमा थुपै्र धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन्”, अर्का पुजारी झगरु झाले भन्नुभयो ।

प्रत्येक वर्ष हजारौं दर्शनार्थी आउने यो मेलामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण निक्कै कम भक्तजन सहभागी हुने अनुमान गरिएको सोनामाई पूजा व्यवस्थापन समितिले जनाएको छ । मेलामा आउने पीडित (कारनी) र दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको ‘जसपा’ (प्रस्तावित) का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवका कारण आफूहरूले नयाँ दल दर्ता गरेको बताउनुभएको छ । पार्टीमा एकलौटी रुपमा निर्णय गर्ने गरेको आरोप लगाउँदै उहाँले जसपा नेपाल उपेन्द्र यादवको प्राइभेट लिमिटेड कम्पनी भएको टिप्पणी गर्नुभएको छ । नेपाली […]

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ । आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेस वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो । आयोगले जेठ […]

जनकपुरधाम। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद […]