०५ जेठ २०८२, सोमबार
19-05-2025 , Mon
×

मोटरसाईकलको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ कार्तिक । हुलाकी राजमार्ग सडक अन्तर्गत धनुषाको कमला नगरपालिका २ स्थित मोटरसाइकलको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल ठक्करबाट कमला नगरपालिका २ माचीका ५६ वर्षीय गोपाल यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकियाले बताए ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश–२–०२–००१ त ३१२६ नम्बरको मोटरसाईकलले यादवलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी नीरिक्षक रोकियाका अनुसार मोटरसाइकल चालकले ठक्कर दिएर फरार भएको छ भने मोटरसाईकलको अगाडीको भाईजर र नम्बर प्लेट फुटेर घटनास्थलमा खसेपछि स्थानीयहरुले देखेको थियो ।

सोही मोटरसाईकल नम्बरको आधारमा सो मोटरसाईकल धनुषाको बिदेह नगरपालिका ५ मुडिबाको रहेको स्थानीयले बताउनुभयो। मोटरसाईकलमा पछाडी सबार रहेका अन्दाजी बर्ष ४५ का सुजित मण्डल समेत गम्भिर घाईते भएका छन् ।

ठक्कर दिएपछि पछाडी बसेका मण्डललाई पनि छाडेर चालक मोटरसाईकल लिएर भागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]