२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

देवी प्रतिमा विसर्जन गरिँदै

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी,१० कार्तिक । महोत्तरीलगायतका मिथिला क्षेत्रमा आज सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ । शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै आज विजया दशमीका दिन पवित्र जलाशयमा विसर्जन गरिन्छ ।

महोत्तरीको जलेश्वरस्थित अति प्राचीन भार्गव, पुरन्दर सर ९तलाउ० मा आज बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा विसर्जन गरिँदै छन् । त्यसैगरी रातु, ओक्सी, बिग्ही, मरहा र बाँकेलगायतका नदीमा पनि प्रतिमा विसर्जन गर्नेहरुको समूह बिहानैदेखि देखिएको छ ।

पर्वका अवसरमा निधारमा टीका लगाउने परम्परा नभएको मैथिल संस्कृतिमा देवी प्रतिमास्थल र घरघरका दशैँ घरमा राखिएको जमरा भने प्रसादस्वरुप शिरमा सिउरिने गरिन्छ । माटो मुछेर नयाँ स्थापित गरिएका देवी प्रतिमा बाहेकका धातु र काठका मूर्ति रहेका शक्तिपीठ र मन्दिरमा भने पूजा विसर्जन गरेर मुख्य पुजारीले जमरा र प्रसाद दिने मैथिल परम्परा छ ।

मिथिलामा विजया दशमीका दिन दुईवटा पौराणिक परम्परा मानिदै आइएका छन् । अघि सत्ययुगमा दैत्यहरुको संहार गर्ने देवी दुर्गाको नवरात्रभरि गरिएको पूजा विसर्जन र विजया दशमीकै दिन त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामले रावणआदि राक्षसको संहार गरेको विश्वास गरिन्छ । यो विश्वासअनुसार विजया दशमीका दिन रावणबध उत्सव मनाउने मैथिल परम्परा छ ।

यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले गर्दा महोत्तरीमा रावणबध मूर्ति स्थापना र उत्सव भने आयोजना गरिएका छैनन् । जिल्लाको मटिहानीमा बर्सेनि आयोजना हुने रावणबध महोत्सव यसपालि सङ्क्रमण जोखिम बढ्दै गर्दा रोकिएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]