१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

देवी प्रतिमा विसर्जन गरिँदै

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी,१० कार्तिक । महोत्तरीलगायतका मिथिला क्षेत्रमा आज सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ । शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै आज विजया दशमीका दिन पवित्र जलाशयमा विसर्जन गरिन्छ ।

महोत्तरीको जलेश्वरस्थित अति प्राचीन भार्गव, पुरन्दर सर ९तलाउ० मा आज बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा विसर्जन गरिँदै छन् । त्यसैगरी रातु, ओक्सी, बिग्ही, मरहा र बाँकेलगायतका नदीमा पनि प्रतिमा विसर्जन गर्नेहरुको समूह बिहानैदेखि देखिएको छ ।

पर्वका अवसरमा निधारमा टीका लगाउने परम्परा नभएको मैथिल संस्कृतिमा देवी प्रतिमास्थल र घरघरका दशैँ घरमा राखिएको जमरा भने प्रसादस्वरुप शिरमा सिउरिने गरिन्छ । माटो मुछेर नयाँ स्थापित गरिएका देवी प्रतिमा बाहेकका धातु र काठका मूर्ति रहेका शक्तिपीठ र मन्दिरमा भने पूजा विसर्जन गरेर मुख्य पुजारीले जमरा र प्रसाद दिने मैथिल परम्परा छ ।

मिथिलामा विजया दशमीका दिन दुईवटा पौराणिक परम्परा मानिदै आइएका छन् । अघि सत्ययुगमा दैत्यहरुको संहार गर्ने देवी दुर्गाको नवरात्रभरि गरिएको पूजा विसर्जन र विजया दशमीकै दिन त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामले रावणआदि राक्षसको संहार गरेको विश्वास गरिन्छ । यो विश्वासअनुसार विजया दशमीका दिन रावणबध उत्सव मनाउने मैथिल परम्परा छ ।

यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले गर्दा महोत्तरीमा रावणबध मूर्ति स्थापना र उत्सव भने आयोजना गरिएका छैनन् । जिल्लाको मटिहानीमा बर्सेनि आयोजना हुने रावणबध महोत्सव यसपालि सङ्क्रमण जोखिम बढ्दै गर्दा रोकिएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]