३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

महोत्तरीमा लागुऔषधसहित दुई युवक पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ कार्तिक । सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका वडा नम्बर ९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताउनुभयो ।

दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो झोलामा एक हजार ५०० पिस प्रतिबन्धित लागुऔषध नाइट्राभेट बोकेर नेपाल प्रवेश गरेपछि जलेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सडकमा सशस्त्र प्रहरीले शङ्का लागि चेक गर्दा दुवै जना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]