११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

धान खेतमा स्मार्ट लाइसेन्स

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ कार्तिक । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।

यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् ।

उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन् ।

धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिलाले भन्नुभयो, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको अवस्थामा देख्यौंँ, सबै संकलन गरेर यातायातका कर्मचारीलाई बुझाएका छौंँ ।’ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।े

यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै तीन सय थान ज िभेटिएको जानकारी दिनुभयो । अधिकृत साहले भन्नुभयो, ‘कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्छ ।यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएका छौंँ ।’

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]