११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

जनकपुरधाममा अनलाईन सपिङ सुरु

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६  कार्तिक। ओम अडर डटकमले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ ओम अडर डटकम संचालनमा आएको हो ।

निकै लामो गृहकार्य पश्चात ओम अडर डटकम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख विकाश मिश्रले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको समान न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना रहेको प्रमुख मिश्रको भनाइ छ ।

जनकपुरधाम भित्र १ दिनमै डेलिभरी गराउने कम्पनीको दाबी छ । अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने कम्पनीको दावी रहेको छ ।

आम उपभोक्ताले ओम अडर डटकममा लगइन गरी उपलब्ध भएका बस्तु खरिद गर्न सक्ने छन् । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरीबाट रकम तिर्न सकिने सहज ब्यबस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

अहिले तत्कालै ओम अडर डटकमले ऑनलाइन सपिङ्गमा किरानाका सामान, कस्मेटिकका आईटम, किचेनका समान, ईलेक्ट्रोनिक आईटम इत्यादि प्रकारका समानहरु राखेका छन् । यसलाई विस्तार गर्ने क्रममा नै रहेको कम्पनीले जनाएको छ ।

समानहरु अर्ड़र गर्न मोबाइलको प्ले स्टोरमा गई Om Order एप्स डाउनलोड गरी वा गुगल मा गई www.omorder.com बाट पनी अर्ड़र गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]