२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

पौराणिकता जोगाउन अभिलेख उपलब्धको खाँचो

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ कार्तिक । धार्मिक एवं पुरातात्विक सम्पदा कपिलेश्वर मन्दिरको संरक्षण र अभिलेख उपलब्धको खाँचो आँैल्याइएको छ । कपिलेश्वर मन्दिर युवा समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो खाँचो औँल्याउँदै पुरातत्व विभागले अभिलेखलाई अलपत्र पारेकाले अन्योलको अवस्था रहेको जानकारी दिइयो ।

पुरातत्व विभागबाट बेलाबेलामा आएको अध्ययन, अनुसन्धान टोली यहाँको विभिन्न मूर्ति र अभिलेख लागेर मन्दिरको इतिहास नै अन्योलमा पारेको बताइन्छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ मा रहेको गुम्बा आकारजस्तो देखिने सो मन्दिर शिखर शैलीको छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार जनकवंशीय राजा शीरध्वजले जनकपुरधामको चारै दिशामा चारनाथको स्थापना गरेकामध्ये पूर्वउत्तरमा कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिल मुनिको आश्रम पनि यही थियो । कालान्तरमा आएर यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुन गयो । केही पुरातत्वविद्को अध्ययनअनुसार यस प्रसिद्ध शिवालयको प्राचीन रूप सिमरौनढीय वास्तु शैलीमा निर्मित थियो ।

विसं १९९० को महाभूकम्पमा मन्दिर ध्वस्त हुँदा यहाँका अधिकांश मूर्ति रामन्दिरमा लगिएको बताइन्छ । स्थानीयवासीका अनुसार यहाँ रहेको जोगिन्दर माताका मूर्ति पनि राममन्दिर लगेर स्थापना गरिएको छ । सो मन्दिरको चारैकुनामा सानो शिखर शैलीको मन्दिर बनाई भगवान्हरू स्थापना गरिएका छन् । मुख्य शिवलिङ्ग भएको ठाउँबाट उत्तर–पूर्व र दक्षिणका दिवालमा तखता बनाई शिव, बसाहा आदि स्थापित गरिएका छन् ।

जलाद नदी पनि पहिले यही मन्दिरको उत्तर–पूर्व भएर बग्दथ्यो भन्ने विशवास छ । समाजसेवी श्याम पूर्वेका अनुसार ५६ कुलदेवता र ३६ वर्णको बसोबास रहेको कपिलेश्वरमा पाइलापाइलामा देवताको बास छ, मन्दिरको अर्बौ सम्पत्ति भए पनि अभिलेख अभावका कारण अलपत्र रहेको छ ।

सम्मेलनमा वडाध्यक्ष रामअशीषले पजियार वर्तमान मन्दिर निर्माण बखत शिवलिङ्गमा नागमा बस्ने गरेको, नागलाई समाति नजिकैको फूलबारीमा पु¥याउँदा पुनः शिवलिङ्गमा नै आएर बस्ने गरेको जनश्रुति रहेको बताउनुभयो । पूर्व वडाध्यक्ष विक्रम पजियारले मन्दिरमा कमरिया बाबाले भगवान् शिवको शिवलिङ्ग स्थापना गराएका हुन् । वर्तमान मन्दिरको निर्माण स्थानीयवासी तथा यज्ञप्रसाद अधिकारीको सक्रियतामा पुरातत्व विभागबाट रु दुई÷अढाई लाख रकम ल्याएर गरिएको हो ।

युवा समितिका अध्यक्ष तुलसी पंजियारले मन्दिरको अभिलेख अलपत्र रहेका कारण संरक्षण र विकासमा समस्या व्यहोर्नु परिरहेको बताउनुभयो । गुठी संस्थान अधिनस्थ रहेको सो मन्दिरमा साउन महिना, शिवरात्रि र सङ्क्रान्तिमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]