०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

पौराणिकता जोगाउन अभिलेख उपलब्धको खाँचो

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ कार्तिक । धार्मिक एवं पुरातात्विक सम्पदा कपिलेश्वर मन्दिरको संरक्षण र अभिलेख उपलब्धको खाँचो आँैल्याइएको छ । कपिलेश्वर मन्दिर युवा समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो खाँचो औँल्याउँदै पुरातत्व विभागले अभिलेखलाई अलपत्र पारेकाले अन्योलको अवस्था रहेको जानकारी दिइयो ।

पुरातत्व विभागबाट बेलाबेलामा आएको अध्ययन, अनुसन्धान टोली यहाँको विभिन्न मूर्ति र अभिलेख लागेर मन्दिरको इतिहास नै अन्योलमा पारेको बताइन्छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ मा रहेको गुम्बा आकारजस्तो देखिने सो मन्दिर शिखर शैलीको छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार जनकवंशीय राजा शीरध्वजले जनकपुरधामको चारै दिशामा चारनाथको स्थापना गरेकामध्ये पूर्वउत्तरमा कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिल मुनिको आश्रम पनि यही थियो । कालान्तरमा आएर यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुन गयो । केही पुरातत्वविद्को अध्ययनअनुसार यस प्रसिद्ध शिवालयको प्राचीन रूप सिमरौनढीय वास्तु शैलीमा निर्मित थियो ।

विसं १९९० को महाभूकम्पमा मन्दिर ध्वस्त हुँदा यहाँका अधिकांश मूर्ति रामन्दिरमा लगिएको बताइन्छ । स्थानीयवासीका अनुसार यहाँ रहेको जोगिन्दर माताका मूर्ति पनि राममन्दिर लगेर स्थापना गरिएको छ । सो मन्दिरको चारैकुनामा सानो शिखर शैलीको मन्दिर बनाई भगवान्हरू स्थापना गरिएका छन् । मुख्य शिवलिङ्ग भएको ठाउँबाट उत्तर–पूर्व र दक्षिणका दिवालमा तखता बनाई शिव, बसाहा आदि स्थापित गरिएका छन् ।

जलाद नदी पनि पहिले यही मन्दिरको उत्तर–पूर्व भएर बग्दथ्यो भन्ने विशवास छ । समाजसेवी श्याम पूर्वेका अनुसार ५६ कुलदेवता र ३६ वर्णको बसोबास रहेको कपिलेश्वरमा पाइलापाइलामा देवताको बास छ, मन्दिरको अर्बौ सम्पत्ति भए पनि अभिलेख अभावका कारण अलपत्र रहेको छ ।

सम्मेलनमा वडाध्यक्ष रामअशीषले पजियार वर्तमान मन्दिर निर्माण बखत शिवलिङ्गमा नागमा बस्ने गरेको, नागलाई समाति नजिकैको फूलबारीमा पु¥याउँदा पुनः शिवलिङ्गमा नै आएर बस्ने गरेको जनश्रुति रहेको बताउनुभयो । पूर्व वडाध्यक्ष विक्रम पजियारले मन्दिरमा कमरिया बाबाले भगवान् शिवको शिवलिङ्ग स्थापना गराएका हुन् । वर्तमान मन्दिरको निर्माण स्थानीयवासी तथा यज्ञप्रसाद अधिकारीको सक्रियतामा पुरातत्व विभागबाट रु दुई÷अढाई लाख रकम ल्याएर गरिएको हो ।

युवा समितिका अध्यक्ष तुलसी पंजियारले मन्दिरको अभिलेख अलपत्र रहेका कारण संरक्षण र विकासमा समस्या व्यहोर्नु परिरहेको बताउनुभयो । गुठी संस्थान अधिनस्थ रहेको सो मन्दिरमा साउन महिना, शिवरात्रि र सङ्क्रान्तिमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]