२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

महोत्तरीको नदीमा उत्खनन् बढ्दै

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी,२२ कार्तिक । तिहार दीपावली पर्वको मुखमा महोत्तरी जिल्लाका नदीमा उत्खनन् ह्वात्तै बढेको छ ।

सामान्यतया जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकामा मनपरी हुँदै आएको नदी उत्खनन् पछिल्लो समयमा जिल्लाको सुदूर दक्षिणी भेगमा पनि ह्वात्तै बढेको हो ।

दीपावली पर्वको मुखमा नदी किनारमा निर्मित तटबन्ध नै भत्कने गरि उत्खनन् बढेको छ । आज शनिबार नै सुदूर दक्षिणीक्षेत्र अवस्थित जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ को रातु नदी तटमा उत्खनन् र ढुवानी गरिरहेका पाँच यान्त्रिक उपकरण जेसिभी, ट्याक्टर सशस्त्र प्रहरी बल ९ नम्वर हेडक्वाटर जलसागर महोत्तरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

नदी किनार र तटबन्धक्षेत्रमा जथाभावी उत्खनन् गरेको पाइएपछि पाँच उपकरण नियन्त्रणमा लिएको ९ नम्वर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिएका उपकरण आवश्यक कानूनी कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीमा बुझाएको छ ।

वालुवा, ढुङ्गा निकाल्न जिल्लाको उत्तरीक्षेत्रमा र माटो निकाल्न दक्षिणी क्षेत्रमा उत्खनन् हुने गरेको पाइएको छ । खासमा पछिल्लो पटक माटोको कारोवार गर्नेहरुले दीपावली र छठ पर्वको मुखमा नदी क्षेत्रमा उत्खनन् बढाएका छन् । अहिले जिल्लाका सबैजसो नदीक्षेत्रमा प्रत्येक दिनजसो माटो खन्ने र ढुवानी गर्नेको जगजगी बढेको सर्वसाधारणको टिप्पणी छ ।

जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रका नदीमा भने सदाकाल नै जस्तो क्रसर उद्योगीले अवैध नदी उत्खनन् गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]