०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

न्यूजमधेश डेस्क
नवलपुर,२३ कार्तिक । दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राजमार्ग तथा शहरी क्षेत्र केन्द्रित गरी सो कार्यक्रम शुरु गरिएको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापाले बताउनुभयो ।

गण्डकी प्रदेश भरी नै यो कार्यक्रम आजबाट एकैसाथ शुरु गरिएको प्रमुख थापाले बताउनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम शुरु गरिएको र पहिलो चरणमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले बताउनुभयो ।

“पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट शुरु गरी नियमका बारेमा जानकारी प्रदान गरिनेछ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भन्नुभयो, “अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ ।”

एक मिनेटमा सवारीसाधन चलाउँदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइकल, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता लगाउन भनिने प्रमुख थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]