२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको खातामा तीन लाख सङ्कलन

Logo
प्रकाशित सोमबार, कार्तिक २४, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,२४ कार्तिक । सिरहाका स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीका सन्तानको भविष्यका लागि युवाहरुले स्थापना गरेको खातामा रु तीन लाखभन्दा बढी रकम जम्मा भएको छ ।

नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव रोयण्टर मण्डलको पहलमा स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखामा खोलेको चुन्नामुना खातामा रु तीन लाख २० हजार रकम जम्मा भएको हो ।

बैंकमा खाता खोलेर सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थाहरुबाट उक्त रकम जम्मा भएको पत्रकार मण्डलले बताउनुभयो ।

पत्रकार मण्डलको अभियानमा देश विदेशका दर्जनौँ व्यक्तिहरु सहभागी भई सके जति रकम बैंक खातामा जम्मा गरेको जनाइएको छ । बैंकमा जम्मा भएको रकम स्वर्गीय पत्रकार चौधरीका छोरा छोरी १८ वर्ष पुगेपछि झिक्न पाउने विधि बनाइएको पत्रकार मण्डलले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ सिरहाका सदस्य युवा पत्रकार चौधरीको यही कात्तिक ११ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । नसासम्बन्धी रोगबाट पीडित सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ३५ वर्षीय पत्रकार चौधरीको मृत्यु भएपछि उहाँका श्रीमती, दुई छोरा र एक छोरीको बिच्चली भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]