१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

केराको थामबाट राम्रो आम्दानी

Logo
प्रकाशित शुक्रबार, कार्तिक २८, २०७७

गोपालप्रसाद बराल
महोत्तरी,२८ कार्तिक । महोत्तरीसहित मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ ।

दीपावली तिहार पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो ।

शनिबार दीपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले शुक्रबार नै केराका थामको बिक्री बढ्ने अनुमान गरिएको छ । महोत्तरीका गाउँनगर बस्तीमा केराका थाम नै लाखौंको बिक्री भइरहेको छ ।

केराका बोट झ्याङमा धेरै गाँजिएपछि झ्याङमा उखेल्नुपर्ने बोट तिहार पर्खेर बसेका किसानले अहिले बोट उखेलेर राम्रो आम्दानी गरेका छन् । “केराको झ्याङ्मा बोट गाँजिएर केही बोट ९थाम० उखेल्नु नै पर्ने भएको थियोे”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका केरा खेती गर्दै आएका किसान ब्रह्मदेव महतोले भन्नुभयो, “अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्ने थियो तर दीपावलीमा भने फ्याँकिनुपर्ने बोट राम्रो मूल्यमा बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न पर्व पर्खेका हौं ।” आज एकैदिनमा १५ हजारभन्दा बढीको केराको थाम बेचिएको उहाँको भनाइ छ ।

दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्परानुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थामको माग बढ्ने गरेको छ । यसपालि थामका लागि एकसाता पहिलेदेखि नै बैना ९पेश्की० लिइएको किसानले बताएका छन् । कसैकसैले चार थामको र सामान्यतया दुई थामचाहिँ आमरूपमै स्वागतद्वारमा लगाइने चलनले दीपावली पर्वमा केरा थामको राम्रो व्यापार हुँदै आएको जिल्लाकै गौशाला नगरपालिकाको लक्ष्मीनिंया बटुवाका किसान रामनरेश महतोको भनाइ छ ।

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थाम ९बोट० बाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा यसको निकै महत्व हुने गरेको छ । पर्वको ठीक बेला थाम नपाइन सक्ने र त्यसबेला महँगो पर्ने भएकाले एक साताअघिदेखि नै झ्याङ केराघारी मै गएर मोल तय गरिएको थाम किन्नेहरूले बताएका छन् ।

खासगरी जिल्लाका बजारस्थित व्यापारिक प्रतिष्ठानका सञ्चालक अहिले केराको थाम किन्न गाउँबस्ती चहारिरहेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–४ का ब्यावसायिकरूपमै केरा खेती गर्दै आएका किसान सत्यनारायण यादवले आपूmले ३५ हजारको केराको थाम बेचेको बताउनुभयो । “हेर्नुहोस्, राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट रहनु हुँदैन, बोट त छाँट्नु नै पर्छ”, लगभग एक बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएका उहाँले भन्नुभयो, “यस्ता झ्याङमा हामी बोट छाँट्न दीपावली पर्व पर्खने गरेका छौं ।” त्यत्तिकै उखेलेर फाल्नैपर्ने बोट तिहारमा भने आयआर्जनको राम्रो स्रोत बन्ने गरेको महतो र यादवजस्तै अरु किसान बताउँछन् ।

पर्व विशेषमा जिल्लाका मुख्य बजार बर्दिवास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहित व्यापारिक प्रतिष्ठानका सञ्चालक थामको खोजीमा बस्तीबस्ती पसेपछि केरा खेती गर्ने किसानले तिहार खर्चको जोहोमा सहयोग पुगेको बताएका छन् । खर्चबर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला व्यापारीहरु घरमै आएर थामको पैसा बुझाएर जाँदा पर्व मान्न सजिलो भएको जिल्लाकै भङ्गाहा नपा–७ हतिसर्वाको झपौल बस्तीका केरा खेती गर्ने किसान रामचन्द्र महराको भनाइ छ ।

दीपावली पर्वमा एकजोडा केराका थाम ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । आफ्नो १० कठ्ठा क्षेत्रफलमा लगाइएको केरा खेतीको प्लटमा नयाँ कोथा बेचेर १५ हजार लिइएको बलवा नपाको भगवतीपुरकी किसान खोजिदा खातुनले बताउनुभयो । खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आपूmहरूको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसान बताउँछन् ।

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकारहरुको भनाइ छ । बैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृतिका ज्ञाता एवं वरिष्ठ पत्रकार जिल्ला सदरमुकाम जलेश्वर–४ सुगाभवानीपट्टीका ७६ वर्षीय कृष्णचन्द्र झाले बताउनुभयो ।

दीपावली र छठपर्वसमेतमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत २५ लाखभन्दा बढीको कारोवार भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताउनुभयो । यसपालि एक साताअघि नै थामसँगै पर्व विशेषकै लागि घरीको समेत खरीद बिक्री शुरू भएकाले कारोबार रकम अझै बढ्ने छाँट देखिएको उहाँको भनाइ छ ।

जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बर्सेनि बढ्दै गएको छ । अहिले जिल्लामा तीन हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]