०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

छठपर्वको मुख्यमन्त्री राउतद्वारा शुभकामना

Logo
प्रकाशित शुक्रबार, मंसिर ०५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ मंसिर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व छठ हर्षोलासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपिल गर्नुभएको छ ।

विज्ञप्तिमार्फत उहाँले प्रदेश सरकारले स्थापनाकालदेखि नै छठ पर्वको अवसरमा दुई दिन षष्ठी र सप्तमी तिथिमा बिदा दिने गरेको र यस वर्ष पनि दुई दिन शुक्रबार र शनिबार सार्वजनिक बिदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]