२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सिरहामा गाउँसभा बदरको माग गर्दै अदालतमा मुद्दा

Logo
प्रकाशित सोमबार, मंसिर ०८, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,८ मंसिर । गाउँसभा बदरको माग गर्दै सिरहाको बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष तथा केही वडाअध्यक्षले अदालतमा मुद्दा दायर गरेका छन् ।

कानूनी प्रक्रिया पूरा नगरी गाउँपालिकाका अध्यक्षले मनपरी रुपमा गाउँसभा गरेको भन्दै बदरको माग गर्दै गाउँपालिकाका उपाध्यक्ष रेखाकुमारी यादव, वडा नं १ का वडाध्यक्ष नेवालाल यादव, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार यादव र स्थानीय गुमस्ताकुमार यादवलले उच्च अदालत जनकपुर इजलाश राजविराजमा मुद्दा दायर गरेका हुन् ।

गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले केही वडाध्यक्षको मिलोमतोमा कानून विपरीत गाउँसभा गरेको भन्दै गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको कानूनका विद्यार्थीसमेत रहेका गुमस्ताकुमार यादवले जानकारी दिनुभयो । असार १० गतेभित्र गाउँसभा गरिसक्नुपर्ने प्रावधान भए पनि गत कात्तिक २ गते बरियारपट्टी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।