३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

बालिकाको बलात्कारपछि हत्या : आरोपितको घरमा आगजनी

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

कुलदिप दास
बर्दिबास ,९ मंसिर । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीबाट आइतबारदेखि बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका छन् ।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर आन्दोलत गरेका छन् ।

बालिकालाई बलात्कार गरी हत्या गरिएको हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए । घटनाबारे निश्पक्ष छानबिन गर्न बालिकाका बुवाले माग गरेका छन् ।

प्रहरीले बालिका बलात्कार हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । गौशला नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताए । उनका अनुसार ती युवकले आरोप स्वीकार समेत गरेका छन् ।

यता स्थानीयवासी आरोपितको घरमा तोडफोड गरेर आगजनी गरेका छन् ।

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]