२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बालिकाको बलात्कारपछि हत्या : आरोपितको घरमा आगजनी

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

कुलदिप दास
बर्दिबास ,९ मंसिर । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीबाट आइतबारदेखि बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका छन् ।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर आन्दोलत गरेका छन् ।

बालिकालाई बलात्कार गरी हत्या गरिएको हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए । घटनाबारे निश्पक्ष छानबिन गर्न बालिकाका बुवाले माग गरेका छन् ।

प्रहरीले बालिका बलात्कार हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । गौशला नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताए । उनका अनुसार ती युवकले आरोप स्वीकार समेत गरेका छन् ।

यता स्थानीयवासी आरोपितको घरमा तोडफोड गरेर आगजनी गरेका छन् ।

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]