२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

अनुदानमा च्याउको बीउ

Logo
प्रकाशित बुधबार, मंसिर १०, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,१० मंसिर । पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्र्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ । कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण शुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिनुभयो ।

नगरपालिकाको १२ वटै वडाका स्थानीय कृषक, कृषि फर्म तथा समूहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको कृषकले बताएका छन् । किसानको समस्यालाई हल गर्न खेतमै गई प्राविधिकले सल्लाह सुझावसमेत दिने गरेको कृषक राजकिशोर महतोले बताउनुभयो । कञ्चनरुप नगरपालिका–१२ रुपनगरका कृषक पुष्प कार्कीले रु ५० हजार लगानीबाट एक मौसममा रु एक लाखसम्मको आम्दानी गरेको बताउनुभयो ।

निर्वाहमुखी कृषि खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक कृषक बनाउन अनुदानमा च्याउको बीउ वितरण गरिएको कञ्चनरुप नगरपालिकाले जनाएको छ । च्याउखेती गर्नेले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्नसक्ने भएकाले कृषकको आकर्षण बढेपछि अनुदानमा बीउ वितरण गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो । नगर प्रमुख मिश्रका अनुसार उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्न कृषकलाई निकट भविष्यमा आवश्यक तालीम सञ्चालन गरिने बताउनुभयो ।

पराले च्याउखेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । यसको खेती घरबाहिर खेतबारी, रूखको छहारी वा खरका छाप्रोअर्थात् टहरामा पनि गर्न सकिने प्राविधिकको भनाइ छ । गाउँमा आफ्नै घर वरपरका घाम नलाग्ने छहारीमा यसको खेती गर्न सकिन्छ । यसका लागि सिधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन । च्याउखेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । च्याउको ब्याड बनाउने सतहमा इँटा वा ढुङ्गाको लाइन छापेर, काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाको चाङ लगाउनुपर्दछ । च्याउको ब्याडको चारैतिर सानो कुलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको ब्याडमा मुसा र अन्य कीरा जान रोकिन्छ । साथै, यसले च्याउको ब्याडलाई ओसिलो बनाइराख्नसमेत सहयोग पुग्छ । ठाउँको बचत गर्न तीन तला गरी ब्याड बनाउन सकिन्छ तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिने यादवले बताउनुभयो ।

च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइने च्याउलाई पौष्टिक खानाको रूपमा लिइन्छ । अन्य तरकारी खेतीको तुलनामा च्याउखेती कम लगानीमा बढी उत्पादन हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाको भनाइ छ । यसअघि पनि कञ्चनरुप नगरपालिकाले मौसमी तथा बेमौसमी तरकारी, फलफूल, धान, मकैलगायत अन्य प्रकारका बीउबिजन तथा धानको गवारो आदिको विषादी अनुदानमा वितरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]