२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सङ्घीय सरकारको सहयोगमा ट्रमा सेन्टर र सरुवारोग अस्पताल निर्माण हुने

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र ट्रमा सेन्टर निर्माण हुने स्थलको आज निरीक्षण गर्नुभएको छ ।

बाराको कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० शय्याको सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालीम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीतिअनुरुप सो स्थलको निरीक्षण कार्य गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सरुवारोग अस्पतालका लागि कलैया उपमहानगरले सात विघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ भने पथलैयास्थित स्वास्थ्य तालीम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवारोग तथा ट्रमा सेन्टरको निर्माण कार्यलाई आफ्नो नीति तथा कार्यक्रममै राखेर बजेटसमेत विनियोजन गरिसकेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले समेत सहयोग गर्ने भएपछि दुवै अस्पतालको निर्माण कार्य चाँडै शुरु हुने जानकारी गराउनुभयो । उहाँले यी दुवै अस्पताल प्रदेशको गौरवको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दामात्र नभई प्रदेशनै लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो ।

सो निरीक्षण टोलीमा मुख्यमन्त्री राउतका साथै सांसदद्वय रामसहायप्रसाद यादव र रामबाबु यादव, प्रदेशसभा सदस्यहरु पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा र सामाजिक विकास मन्त्रालयका सचिवलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]