११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नेकपा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ प्रकाशित

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो तीन वर्षमा विभिन्न सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ता सङ्ग्रह गरेर पुस्तकका रुपमा प्रकाशित भएको छ । अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरुको सङ्ग्रहलाई ‘नयाँ राजनीतिक विश्लेषण’ नाम दिएर पुस्तकको रुपमा प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तरवार्ताको समेटिएको पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ । सञ्चारकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्ने अध्यक्ष दाहालको उक्त पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधानसभा, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, हतियार व्यवस्थापन, सेना समायोजन, संविधानसभाबाट समानुपातिक समावेशी प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका विषय समावेश गरिएको छ । नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अध्यक्ष दाहालको अन्तरवार्ताको सङ्गालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता लागि उपयोगी हुने विश्वास लिइएको छ ।

त्यसैगरी उहाँले विभिन्न समयमा तात्कालिक विषयहरुमा पार्टीका धारणा र राजनीतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्ण सञ्चारकर्मीलाई समेत आभार व्यक्त गर्नुभएको छ । उक्त पुस्तकमा ४०८ पृष्ठ रहेको छन् भने यसको मूल्य रु ५५० रहेको प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]