२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

मेयर साहले गरे नेपालकै पहिलो अम्बेडकर पुस्तकालयको उद्घाटन

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

कैलाश दास
जनकपुरधाम, १३ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय तत्मा समाज नेपालको सभाकक्ष तथा महापुरुष भीमराव अम्बेडकरको पुस्तकालय भवनको एक कार्यक्रमबीच शुक्रवार उद्घाटन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले सो भवनको उद्घाटन गरेका हुन । नेपालमै भीमराव अम्बेडकरको यो पहिलो पुस्तकालय रहेको उद्घाटन कार्यक्रममा सहभागीहरुले दावी गरेका छन् ।

पुस्तकालय भवन उद्घाटन गर्दै मेयर साहले भावुक हुँदै भने, ‘आज महापुरुष भीमराव अम्बेडकरको पुस्तकालय भवनको उद्घाटन गर्दा निक्कै हर्षित भएको छु । उहाँ महान मात्र होइन, ब्रह्माण्ड हुुनुहुन्छ । उहाँ भारतमा जन्मेपनि उहाँको विचार संसारकै लागि प्रेरणाको स्रोत हो । सामाजको परिवर्तनका लागि उहाँलाई स्मरण गर्नै पर्दछ ।’

‘पुस्तकालय भवनको उद्घाटन गर्न आउँदा धेरै टिप्पणी पनि साथीहरुसँग सुने, अम्बेडकर नेपालमा जन्मेको होइन, उनी भारतीय हुन । तर बाबा साहेब अम्बेडकरको विचार कहिले पनि भारतवासीको लागि भएको छैन । दलित, गरीब, विपन्न तथा सबै वर्गका लागि छ । उहाँको भारतको संविधान निर्माता हुन । भारतमा सयौं पटक संविधान संशोधन भएपनि उहाँले निर्माण गरेको संविधानको धारालाई भारत सरकारले छुन पनि सकेको छैन’ मेयर साहले भने, उहाँले दिनु भएको तीन मन्त्र, शिक्षित बनौं, संगठित होऔ र संघर्ष गरौं । हामी सबैले पालना गरे भने निश्चित नै सामाजिक परिवर्तन हुनेछ ।’

राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रिय अध्यक्ष रामअशिष दासको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मेयर साहले हामी सबैको अम्बेडकर जस्तै ब्रह्म छ, तर त्यसलाई बाहिर ल्याउन सकेको छैन । यो पुस्तकालय पश्चात् सबैमा जनचेतना आउने छ मलाई पूर्ण विश्वास रहेको बताएका छन् ।

उनले भने, ‘अम्बेडर पुस्तकालयको भवन उद्घाटनलाई लिएर केही टिप्पणी हुन सक्छ, तर म गौरवान्वित छौ । पुस्तकालयमा उपमहानगरपालिकाद्वारा उहाँको स्टेचु निर्माण गर्नेछौं । पुस्तक समेत उपलब्ध गराउने छांै ।’

अम्बेडकरको केही पंक्तिलाई स्मरण गर्दै मेयर साहले पुस्तकालयका लागि यो थोरै लगानी छ, आउने दिनमा पनि उपहानगरपालिकाले सहयोग गर्नेछ विश्वास दिलाउन चाहन्छौं उनले भने ।

जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक सहयोगमा सभाकक्ष तथा पुस्तकालय भवन निर्माण भएको छ ।

कार्यक्रममा जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरी, सोडेपका सत्यनारायण साह, मुन्नी देवी दास, दलित संघर्ष समितिका चन्देश्वर दास, वडा नं। ११ का वडा अध्यक्ष रामचन्द्र साह लगायत दर्जनौं व्यक्तिले बाबा अम्बेडकरको योगदानलाई स्मरण गरेका छन् ।

कार्यक्रममा आठवटै जिल्लाका राष्ट्रिय तत्मा समाज नेपालका अध्यक्षहरुको उपस्थिति रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]