१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

मजबुत बन्दैछ सीमा, बढ्दैछ सुरक्षा

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

न्यूजमधेश डेस्क
इलाम ,१३ मंसिर । दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफँैले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय ९एसएसबी०को गाली खानुपर्यो । भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपथ्र्यो तर अब भने सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थालेका छन् । नेपालतर्फ पनि ठाउँठाउँमा सशस्त्र प्रहरीको बिओपी ९बोर्डर आउट पोष्ट० स्थापना भएपछि पुराना समस्या हल हुने स्थानीयवासीको अनुमान छ । हुन पनि सीमावर्ती क्षेत्रमा पाँच महिनाको अवधिमा पाँचवटा बिओपी स्थापना गरिएको छ ।

सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अघिल्लो वर्ष नै बिओपी स्थापना भएको थियो भने कालपोखरी, छब्बिसे, सलकपुर, समाल्बुङ र जौबारीमा बिओपी स्थापना भइसकेको छ । जौबारीमा सोमबार मात्रै बिओपी स्थापना गरिएको हो । सरकारले बिओपी स्थापनाका लागि स्वीकृति दिएको मानेभञ्ज्याङमा मात्रै बिओपी राख्न बाँकी छ । मानेभञ्ज्याङमा पनि बिओपी स्थापनाका लागि तयारी भइरहेको बताइएको छ ।

सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी खडा गरिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले बताउनुभयो । छोटो समयमा सुरक्षाका लागि बिओपी बने पनि यति मात्र सुरक्षाले सीमा पूर्ण हुने अवस्था छैन । भारततर्फ एसएसबीको क्याम्प नै बसेकाले पनि ठूलै सङ्ख्यामा सुरक्षा खटाउनुपर्ने देखिन्छ । थापाका अनुसार अहिले पनि बिओपीमा तोकिएबमोजिमको सुरक्षा दिन जनशक्तिको अभाव छ ।

कालपोखरीको बिओपी स्थापनाका लागि एक स्थानीयले छ महिनाका लागि निःशुल्करूपमा आफ्नो घर दिएका छन् भने छब्बिसेमा एक वर्षका लागि निःशुल्क घर उपलब्ध गराएपछि बिओपी राखिएको छ । ती ठाउँमा आफ्नै संरचना बनाउनका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त भएपछि संरचना निर्माण अघि बढाइने सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

प्रदेश नं १ का कृषि तथा सहकारी राज्यमन्त्री एवं इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य राम रानाका अनुसार सीमाको गतिविधिलाई बुझ्दै निरन्तर जनशक्ति बढाउँदै लगिने छ । विगतमा सर्वसाधारणले मात्र सुरक्षा दिइरहेको सीमामा अब सुरक्षाकर्मी थपिएपछि क्रमशः सङ्ख्या र संरचना बढाउँदै लगिने उहाँको भनाइ छ । “पहिले गोठालाले मात्र सीमाको रक्षा गर्नुपथ्र्यो, अब केही दह्रो भयो”, उहाँले भन्नुभयो । नेपालतर्फबाट सुरक्षा नपुगेकै कारण कतिपय क्षेत्रमा गाडिएका पिलर पनि गुमनाम बनाइएको छ ।

जिल्लाकै अग्लो सन्दकपुर गाउँपालिकास्थित सन्दकपुर ९३६३६ मि० मा त गाउँपालिकाले निर्माण गर्दै रहेको भवनमा समेत भारतीय पक्षले झमेला गरेको छ । सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन् । जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ मात्रै फेला परेका छन् । रोङ गाउँपालिका–६ मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छ । एउटा सीमास्तम्भ हराएको भए पनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ । भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा चार मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसका लागि पनि सीमामा पर्याप्त सुरक्षा आवश्यक पर्ने बताउनुहुन्छ सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनाल । सीमा सुरक्षाका लागि स्थापना भएको बिओपीले सीमाको निगरानी, सीमास्तम्भको अभिलेखीकरण, त्यसको सुरक्षा, भारतीय सीमा सुरक्षा ९बल एसएसबी०सँग संयुक्त गस्ती, चोरी तस्करी नियन्त्रण र सीमामा समन्वयको काम गर्नेछन् ।

अहिलेसम्म स्थापना भएका छवटा बिओपी सरदर साढे सात किलोमिटर हाराहारी पर्नुपर्ने हो । तर कुनै बिओपीलाई चार किलोमिटर दूरी पर्छ भने कुनैको भागमा १२ किलोमिटरसम्मको दूरी पर्छ । कुनै ठाउँमा बिओपीको आवश्यकता परेमा थप गर्ने प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]