१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

कमला नदीमा भूत मेला

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१५ मंसिर। कमला नदी किनारमा सोमबार भूत मेला लागेको छ । कात्तिक शुक्ल पूर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जनविश्वाससहित धामीझाक्री भाकल गर्दै कमला नदीमा पुगेर स्नान गर्ने गर्दछन् ।

धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भूत मेला लागेको हो। कात्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । यस अवसरमा धनुषा र सिरहाको कमला नदी किनारमा मेलासमेत लागेको छ । मेला हेर्न सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनि, दरभंगा, समस्तीपूरलगायत ठाँउका हजारौँ हजारको संख्यामा मानिस धनुषा र सिरहास्थित कमला नदीमा पुगेका हुन् ।

धामीझाक्री बन्ने विश्वासका साथ उनीहरू देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको बताइएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिन लाग्ने भूत मेलामा आइतबार साँझदेखि नै टाढाटाढाबाट आएका श्रद्धालुले कमला नदीमा स्नान गरेका थिए ।

भूत मेलामा स्नान गरेपछि घर आउने वेलामा भक्तजनहरूले कमला नदीको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ ।तराई मधेशमा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ ।

स्नानको समयमा मूल धामीहरूले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा महराई भन्ने गरिएको छ । आप्mनो गाउँमा धामीहरूलाई डो¥याएर कमला र गंगासागर स्नान गर्न ल्याएका धनुषाको कमला नगरपालिका घर भएका एक धामीका अनुसार शरीरमा देउता चढ्नेहरूलाई यहां ल्याउने गरिएको बताउँछन् । तराईमा मन्त्र सिकाउने धामीलाई भगता भन्ने गरिन्छ ।

पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझांक्रीसँग आशिष थाप्ने श्रद्धालुहरूको संख्या पनि उल्लेखनीय रहने गरेको छ । देउता खेल्दै आएका महिलापुरुषहरू कमला नदीमा स्नान गरी घर फर्किन्छन् । मुख्यतः ग्रामीण भेगका अशिक्षितका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरूको संख्या ठूलो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]