१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

कञ्चनरुपमा १५ श्ययाको अस्पताल शिलान्यास

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१५ मंसिर ।सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा १५ श्ययाको अस्पताल शिलान्यास गरिएको छ ।

हरेक पालिकामा कम्तिमा एउटा १५ श्ययाको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीति अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले शिलान्यास गर्नुभयो ।विसं २०५३ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल बनाउन थालिएको हो ।

सो अवसरमा प्रमुख मिश्रले गुणस्तरीय अस्पताल निर्माणका लागि नगरपालिकाबाट हुने सहयोग गर्ने उल्लेख गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख निरु पोखरेलले यो अस्पतालबाट यहाँका मात्र नभई छिमेकी गाउँपालिका र नगरपालिकाले समेत लाभ लिन सक्ने विश्वास ब्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले संविधानमा प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय सरकारले अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा रु तीन करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]