०५ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

कुहिएको आलुको बीउ बजार भाउ भन्दा बढीमा बेच्दै कृषि ज्ञान केन्द्र

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ मंसिर ।जनकपुरधाम कृषि ज्ञान केन्द्र धनुषाले कार्तिक १४ गते आलुको बीउ अनुदानमा बिक्री वितरण गर्न सूचना सार्वजनिक ग¥यो। तीन वटा संस्थाले आवेदन दिए ।

कार्यालयले जनकपुरधाम उपमहानगरपालिका पुल चोकस्थित रहेको गिता एग्रोभेट प्रालिसंग सार्वजनिक खरिद ऐन अनुसार मंसिरमा सम्झौता गरको थियो । मंसिर १५ गतेदेखि सम्झौता कबुल गरको संस्थाले आलुको बीउ वितरण शुरु गरकोे छ । तर, संस्थाले कुहिएको बीउ वितरण गरिरहेको किसानले आरोप लगाएका छन्।

बटेश्वर गाउँपालिकाका किसान श्रीनारायण महतोले कुहिएको बीउ दिएको भन्दै गुणस्तरीय र तोकिएको जातको आलुबीउ समेत नदिएको गुनासो गरे । ‘मागपत्र दिन आएको बेला ७० रुपैयाँ प्रति किलोग्राम दिने र लालगुलाब जातको आलुको बीउ दिने आश्वासन दिइएको थियो’, उनले भने, ‘अहिले बीउ लिन आउँदा ९० रुपैया प्रति किलोग्राम असुल गरिरहेका छन्। त्यसमा पनि ५० किलोमा १० केलो कुहिएको आलु निस्कन्छ । आलु पनि लालगुलाब नभई अर्कै जातको छ ।’ यो सरासर ठगी र बेइमानी हो महतोले गुनासो गरे । उनका अनुसार किसानले मागपत्र दिने बेलामा पाएको सूचना अनुसार मूल्य र आलुको बीउको जात फरक रहेको छ । बजार भाउ भन्दा बढी गरी अनुदानको बीउ बिक्री वितरण भएको अर्का किसान सनिचर यादवले जानकारी दिए ।

कात्तिक पहिलो सत्तामा वितरण गर्नुपर्ने बीउ अहिले वितरण गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ । ‘सरकारले बीउ समयमा वितरण गर्नुपर्छ । अहिले सिजन गएपछि वितरण गर्नुको कुनै औचित्य छैन्,’ उनले भने, ‘सिजन गइसकेपछि किन किसानले बीउ लिन्छ ? त्यसमा पनि कुहिएको र बजार मूल्य भन्दा बढी तिर्नु पर्ने ?’ जनकपुर पेठिया बजारका आलु व्यपारी रामभरोसले आलुको बीउ ७० रुपैयाँ प्रति किलोग्राम रहेको बताए । थोकमा अझै कम रहेको भन्दै आलुको प्रकार अनुसार दाम रहेको बताए । भारतीय आलुको मूल्य स्थानीय आलु भन्दा कम रहेको उनले जानकारी दिए ।सर्वाजनिक खरिद ऐन अनुसार सम्झौता अनुसार नै किसानलाई बीउ बितरण भइहरको उनले बताए ।

गिता एग्रोभेट प्रालिका सञ्चालक संजय पञ्जियारले आलु वितरणमा ढिलो भएको बताए । ‘कात्तिकमा नै आलुको बीउ वितरण हुनुपथ्र्यो। अहिले एकदमै ढिलो भयो,’ उनले भने, ‘तर बजारमा बीउ अभाव छ । त्यसकारण पनि ढिलो भएको छ । सिजन सकिएको हुनाले केही आलु कुहिएको जस्तो पनि छ ।’ स्थानीय बजारमा पाइने आलु किसालाई वितरण गर्ने सम्झौता भएको उनले जानकारी दिए । हाल सम्म ५० किलोग्रामको ९० वटा बोरा वितरण भइसकेको छ । यता, कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद साहले किसानले लगाएको सबै आरोप गलत रहेको बताए । १५ सय किसानले आवेदन दिएको भन्दै किसानलाई नागरिकता र पालिकाको सिफारिसको अधारमा दिने कार्यालयले निर्णय गरको छ । टेण्डर नपर्ने संस्थाले कार्यालयको बदनाम गर्न लागेको उनको भनाइ छ । बजारमा बीउ अभावको कारण ढिलो भएको उनले स्वीकार गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]