०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

बर्दिवास घटना : पीडितलाई प्रदेश सरकारको राहत

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

न्यूजमधेश डेस्क
बर्दिवास ,१७ मंसिर । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश २ सरकारले राहत घोषणा गरेको छ ।

आज बर्दिबासमा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई राहत घोषणा गर्नुभएको हो । मन्त्री यादवले पीडित परिवारजनलाई दोषीमाथि कडा कार्वाही हुने विश्वास पनि दिलाउनु भएको छ ।

मङ्सिर–७ गते आइतबार साँझ अपहरणमा परी भोलिपल्ट ९ मध्यरातमा बोरामा खाँदिएको अवस्थामा शव बरामद भएकी बर्दिबास–१४ शुभम् बस्तीका शहीद आलमकी छ वर्षीया छोरी गुलाव शाह ९गुलवशा० खातुन र प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका बर्दिबास–१ का बुद्धिराज ९सञ्जय० न्यौपानेका परिवारलाई पाँच÷पाँच लाख नगद प्रदान गरिने मन्त्री यादवले घोषणा गर्नुभएको हो । मङ्सिर–९ गते मङ्गलबार बालिका अपहरण र हत्या गर्नेलाई कडा कार्वाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा सोही रात उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रदेश सरकारले प्रदर्शनका क्रममा घाइते भएका बर्दिबास–५ का श्याम कार्की र बालिका गुलवशाका आफन्त आफताव आलमलाई एक÷एक लाख प्रदान गर्ने घोषणा गरेको छ । मन्त्री यादवले मृतक न्यौपानेका नाबालक छोराछोरीको पठनपाठन व्यवस्थाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लग्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

बर्दिबासको यो घटना प्रकरणले यहाँ मङ्सिर ८ गतेदेखि नै चर्को नाराबाजी गर्दै प्रदर्शनकारीले दिनदिनजसो बजार बन्द गराएर प्रदर्शन गर्दै आएका थिए । गत बिहीबार ९मङ्सिर ११ गते० गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने, पीडित परिवारलाई राहत दिने र दोषीलाई कडा कार्वाही गर्ने नागरिकस्तरबाट गठित वार्ता समितिसँग प्रतिबद्धता जनाएपछि आन्दोलन मत्थर हुनसँगै सोही दिन न्यौपानेको काठमाडौँमा र बालिका गुलवशाको जनकपुरमा आ–आफ्नो परम्पराअनुसार अन्त्येष्टि भएको थियो ।

घटना प्रकरणमा गृह मन्त्रालयबाट गठित उपसचिव नेतृत्वको टोलीले बर्दिबासमा छानबिन शुरु गरेको छ । यसैगरी गत बिहीबार नै बर्दिबास नगरपालिकाले दुवै मृतक परिवारलाई प्रतिपरिवार दुई लाख ५० हजार नगद र दुवै परिवारका एक÷एक जनालाई योग्यता क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]